काठमाडौं । बेलायतमा अप्रिल २ देखि अप्रिल ८ तारिखसबीचको एकसाताभित्र २१६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । अघिल्लो साताको तुलनमा मृतक संख्या ३२।५ प्रतिशले ह्रास आएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले उल्लेख गरेको छ ।
बेलायतमा पछिल्लो २४ घन्टामा ५३ जना कोरोना संक्रमितको ज्यान गएको छ । योसंगै कोरोना संक्रमणका कारण बेलायतमा मृत्यु हुनेको संख्या एक लाख २६ हजार ९८० पुगेको छ ।
यसैगरी बेलायतमा पछिल्लो एकसातामा २० हजार ५६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित संख्यामा पनि अघिल्लो हप्ताको तुलनामा ३७।३ प्रतिशतले ह्रास आएको हो ।
बितेको २४ घन्टामा तीन हजार ३० जना नयां संक्रमित थपिएका छन् । थपिएका नयाँ संक्रमितको बेलायतमा कोरोना संक्रमितको संख्या ४३ लाख ७० हजार ३२१ पुगेको छ । गएको केहि दिनयता संक्रमित संख्या तीन हजार भन्दा कम रहँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, २७ चैत्र २०७७, ०७ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना अपडेट : एक सातामा ३५ जनामा सङ्क्रमण
टेकु अस्पतालमा ५ जनामा कोरोना संक्रमण, एक जना भर्ना
भारतका १६ राज्यमा फैलियो कोरोना संक्रमण