विराटनगरलाई खेलकूद केन्द्रको रुपमा विकास गर्ने : मुख्यमन्त्री राई

रासस

विहीबार, २६ चैत्र २०७७, २१ : २२
विराटनगरलाई खेलकूद केन्द्रको रुपमा विकास गर्ने : मुख्यमन्त्री राई

काठमाडौं । प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले विराटनगरलाई खेलकूद केन्द्रको रुपमा विकास गर्ने बताउनुभएको छ । प्रदेश–१ को चर्चित फुटबल प्रतियोगिता ‘विराट गोल्ड कप’ को फ्लड लाइट( रात्रि बत्ती) मा आज साँझ विराटनगरको शहीद रङ्गशालामा उद्घाटन गर्दै उहाँले खेलकूदको विकासमार्फत यस क्षेत्रमा आर्थिक चलायमान गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले यस रङ्गशालालाई अन्तर्राष्ट्रियस्तरको निर्माणका लागि गर्नुपर्ने विस्तारको लागि लागि तीन तहको सरकारको सहयोग आवश्यक रहेकामा जोड दिनुभयो । राष्ट्रिय खेलकूद परिषद्का सदस्य–सचिव रमेश सिलवाल, विराट गोल्ड कप ट्रष्टका संयोजक सन्तोष बानियाँ लगायतले यस क्षेत्रमा फुटबल खेलको विकासमा गोल्ड कप प्रतियोगिताले सहयोग पु¥याउने विचार गर्नुभयो । 

आगामी वैशाख ४ गतेसम्म यहाँ सञ्चालन हुने प्रतियोगितामा स्वदेश र विदेशका गरी १० क्लबको सहभागिता रहेको छ । उक्त प्रतियोगितामा नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बलको (एपिएफ), विराटनगर महानगरपालिका–११, मनाङ मस्र्याङ्दी, मछिन्द्र क्लब, गोर्खा ब्वाइज रुपन्देही, सङ्कटा क्लब, भारतको युनाइटेड सिक्किम, पञ्जाब पुलिस तथा अफ्रिकन रुट्स एशोसिएशन क्यामरुम टोलीको सहभागिता रहेको ट्रष्टका अध्यक्ष सन्तोष बानियाले बताउनुभयो । 

गोल्डकप बिजेता टिमले रु १५ लाख १५ हजार र उपविजेता टिमले रु सात लाख ५१ हजार नगद र शिल्ड प्राप्त गर्ने फुटबल आयोजक समितिका संयोजक मनोजविक्रम शाहले जानकारी दिनुभयो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकलसहित पदक प्रदान गरिने छ । प्रतियोगिता प्रत्येक दिन राति ७ बजेदेखि सञ्चालन हुनेछ । प्रतियोगिताअन्तर्गत आजको पहिलो खेल अहिले विराटनगर महानगरपालिका–११ र भारतको युनाइटेड सिक्किमबीच भैरहेको छ । 

प्रतिक्रिया दिनुहोस