काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिकाले गत आर्थिक वर्षको अन्त्यतिर गर्ने भनिएको लगानी सम्मेलन त्यतिबेला कोरोना भाइरस्को सङ्क्रमण उच्च जोखिम बढ्दै गएपछि रोकिएको थियो । रोकिएको लगानी सम्मेलन नगरले चालू आर्थिक वर्षमा गर्ने कार्यतालिका बनाए पनि पुनः कोरोना भाइरस्को सङ्क्रमण बढ्नसक्ने भएपछि रोकिएको छ ।
लगानी लम्मेलन गर्ने निर्णय गरी तयारीमा जुटेको नगर कार्यपालिकाको योजना कोरोना भाइरस् सङ्क्रमणका कारण योजनामै सीमित भएको देखिएको छ । कोरोना भाइरस् सङ्क्रमणको दोस्रो लहर बढ्दै सङ्क्रमण बढ्ने भएपछि स्थानीय प्रशासनको सार्वजनिक अपिलसँगै नगरका सम्पूर्ण कार्यक्रम स्थगित गरिएको जनाइएको छ ।
“यो आर्थिक वर्षमा गर्ने लक्ष्य राखेका थियौँ तर भाइरस् बढ्नसक्ने देखिएपछि प्रशासनको आग्रहमा नगरका सबै कार्यक्रम स्थागित ग¥यौँ”, नगरप्रमुख महेश खरेलले भने । खरेलका अनुसार कोरोना सङ्क्रमण शून्य भएपछि चालू आर्थिक वर्षको उपयुक्त समय हेरेर लगानी सम्मेलनको तयारी गर्ने योजना पुनः बनाइने योजना थियो । नगरले गत आर्थिक वर्षभित्र लगानी सम्मेलन गर्न प्रारम्भिक बजेटसमेत विनियोजन गरिसकेको थियो ।
यसअघि स्थानीय तहअन्तर्गत पहिलो पटक गत साल असोजमा रुपन्देहीको तिलोत्तमा नगरपालिकाले लगानी सम्मेलन गरी स्वेदेशीसहित विदेशी लगानीकर्ताबाट १५ अर्ब भन्दा बढीको लगानी प्रतिबद्धता दर्शाएका थिए ।
काभ्रेपलाञ्चोकको पाँचखाल तिलोत्तमापश्चात लगानी सम्मेलन गर्ने दोस्रो नगरपालिका हुने देखिएको थियो । पाँच खाल क्षेत्रको समग्र विकासका लागि चालू आवमा लगानीकर्ता तथा रोजगारदाताको सम्मेलन गर्न २५ लाख प्रारम्भिक बजेट छुट्याइएको खरेलले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, २५ चैत्र २०७७, १४ : १२
लेखकबाट थप