कुवेतमा एनआरएन पोर्चुगलका कोषाध्यक्ष कुँवरको संग्लनतामा नेपाली ठगिए

पदबाट निलम्बित

सफल खबर संवाददाता

मंगलबार, २४ चैत्र २०७७, ०९ : १६
कुवेतमा एनआरएन पोर्चुगलका कोषाध्यक्ष कुँवरको संग्लनतामा नेपाली ठगिए

काठमाडौँ ।  कुवेतमा एनआरएन पोर्चुगलका कोषाध्यक्ष विक्रमजङ्ग कुँवरको संलग्नतामा  दर्जनौँ नेपालीमाथि नक्कली टिकट बनाएर ठगी गरेको आरोप लागेको छ ।  संलग्नता पुष्टि भएपछि कुँवरलाई एनआरएन पोर्चुगलका कोषाध्यक्षबाट निलम्बन समेत गरिएको छ ।

नेपाल फर्कन पोर्चुगलको लिस्वन एयरपोर्ट पुगेका दर्जनौँ नेपाली नक्कली टिकटका कारण स्वदेश फर्कन नपाएपछि यस्तो रहस्य सार्वजनिक भएको हो । लगेजसहित उत्साहित भएर विमानस्थल पुगेका नेपालीहरू बोर्डिङ पासका लागि टर्किस एयरको काउन्टरमा पुग्दा टिकट नक्कली भएको भन्दै फर्काइएको भक्तपुरका  विजय धिमालले बताए ।

धिमालसहितका ११ जनाले प्रति व्यक्ति ६२० युरो अर्थात् नेपाली लगभग ७० हजार रुपैयाँ तिरेर टर्किस एयरलाइन्सको टिकट काटेको खुलेको छ । उनीहरू सोमबार स्थानीय समयानुसार ११ः५ को उडानमा नेपाल फर्कने तयारीमा थिए । तर, विमानस्थलको काउन्टरमा पुगेपछि टिकट देखाउँदा नक्कली टिकट भएको भन्दै आफूलाई बोर्डिङ पास नदिइएको उनले गुनासो गरे ।

पोर्चुगलको प्रहरीले नक्कली टिकट जारी गरेर दर्जनौं नेपालीलाई एयरपोर्टमा अलपत्र पार्ने लक्ष्मी ट्राभल्समा छापा पनि मारेको छ । प्रहरीले सो ट्राभल्सका सञ्चालक कुँवरसहित अन्य कागजात जफत गरेको छ ।

तर, कुँवर र ट्राभल्सका कर्मचारी सम्पर्कमा नआएपछि टिकट गरेका तथा त्यहीबाट रेमिट्यान्स रकम पठाएका नेपालीहरू चिन्तित बनेका छन् ्र सोलु घर भएकी सोनु शेर्पा अब कहाँ बस्ने र के गर्ने भन्ने चिन्ताले सताएको बताउँछिन् ।

प्रतिक्रिया दिनुहोस