नयाँ दिल्ली । भारतमा कोरोना संक्रमणको स्थिति भयावह हुँदै गइरहेको छ । पछिल्लो २४ घण्टामा ८९ हजार १९ नयाँ संक्रमित भेटिएका छन् ।
यसको तुलनामा ४४ हजार १ सय ७६ संक्रमित निको भइसकेका छन् जबकी यो महामारीमा ७ सय १३ को मृत्यु भएको छ । सक्रिय संक्रमित अर्थात् उपचार गरिरहेका बिरामीको संख्यामा ४४ हजार १ सय २३ को वृद्धि भएको छ ।
यसअघि १६ सेप्टेम्बरमा सबैभन्दा धेरै ९७ हजार ८ सय ६० बिरामी भेटिएका थिए । त्यसपछि यो आँकडा कम हुन सुरु भएको थियो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, २१ चैत्र २०७७, ११ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना अपडेट : एक सातामा ३५ जनामा सङ्क्रमण
टेकु अस्पतालमा ५ जनामा कोरोना संक्रमण, एक जना भर्ना
भारतका १६ राज्यमा फैलियो कोरोना संक्रमण