कैलाली । धनगढी उपमहानगरपालिकामा नक्कली प्रहरी बनेर ठगी गर्ने २ जना पक्राउ परेका छन् । व्यापारीलाई ‘प्रहरी हुँ’ भन्दै उनीहरुबाट पैसा माग गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनगढी उपमहानगरपालिका-५ बस्ने २३ वर्षीय वीरेन्द्र सिंह र सोही उपमहानगरपालिका-२ बस्ने २५ वर्षीय पारस मल्ल रहेका छन् ।
कैलाली जिल्लाका विभिन्न स्थानबाट सादा पोशाकमा खटिएको प्रहरी हुँ भन्दै पैसा माग गर्ने गरेको भन्ने सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई स्थानीय व्यापारीबाट नगद ५ हजार माग गरेको अवस्थामा फेला पारी माग गरेको उक्त नगद सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा अनुसन्धान भइहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २० चैत्र २०७७, १२ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने एक जना पक्राउ
ठगीको नयाँ रुप : युएईका ‘नक्कली कलेज’को पासोमा नेपाली
अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा महिला पक्राउ
स्लोभाकिया र सर्बिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ
कुवेत पठाइदिन्छु भनी ठगी गरेको आरोपमा एकजना पक्राउ
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ३६ लाख ठगी, दुई जना पक्राउ