नयाँ दिल्ली । भारतमा पछिल्लो चौबिस घण्टामा ८१ हजार ४ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार अब भारतमा सक्रिय कोरोना संक्रमितको संख्या ६ लाख १४ हजार ६९६ पुगेको छ।
बितेको चौबिस घण्टामा भारतमा ४६९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यसैका साथ भारतमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ लाख ६३ हजार ३९६ पुगेको छ।
हरेक दिन नयाँ संक्रमित भेटिनेको संख्या पछिल्लो एक साता यता अती तीव्र भएको छ।
बिहीबार मात्रै ७२ हजार भन्दा धेरै संक्रमित फेला परेका थिए।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, २० चैत्र २०७७, ११ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना अपडेट : एक सातामा ३५ जनामा सङ्क्रमण
टेकु अस्पतालमा ५ जनामा कोरोना संक्रमण, एक जना भर्ना
भारतका १६ राज्यमा फैलियो कोरोना संक्रमण