वनभोज गएका वडाध्यक्षको घाँटीमा समस्या देखिएपछि मृत्यु

सफल खबर संवाददाता

शनिबार, १४ चैत्र २०७७, ०८ : ३८
वनभोज गएका वडाध्यक्षको घाँटीमा समस्या देखिएपछि मृत्यु

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–५ का वडाध्यक्ष मदन चन्दको उपचारका क्रममा मृत्यु भएको छ ।  महाकाली अस्पतालमा उनको गए राति मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार शुक्रबार कार्यालयका अन्य कर्मचारीसहित वनभोज गएका वडाध्यक्ष चन्दको घाँटीमा एक्कासी समस्या देखिएपछि उपचारका लागि अस्पताल पु¥याइएको थियो ।

‘घाँटीमा मासु अड्केर बेहोस भएपछि एम्बुलेन्सबाट अस्पताल ल्याइको र सोही उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए । उनले शव परीक्षणपछि मृत्युबारे विस्तृत विवरण आउने प्रहरीले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस