रेशम चौधरी छोडन प्रधानमन्त्री ओलीको यस्तो छ भित्री खेल !

सफल खबर संवाददाता

शुक्रबार, १३ चैत्र २०७७, ०८ : २५
रेशम चौधरी छोडन प्रधानमन्त्री ओलीको यस्तो छ भित्री खेल !

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले तीन दिन अगाडी मात्रै एक सार्वजनिक कार्यक्रममा भनेका थिए,–‘सरकार टिकाउनका लागि म कसैसँग पनि अनैतिक सम्झौता गर्दिन ।’ तर भित्री रुपमा भने ओलीले आफ्नो सरकार बचाउन अनेक फन्डा अवलम्बन गर्न खोजेका छन् । त्यसैको प्रमाण हो,–गृहमन्त्री रामबहादुर थापा (बादल) आफै थारु कल्याणकारी सभाले बिहिबार काठमाडौंको माइतीघरमा आयोजना गरेको धर्ना स्थलमै पुगेर चिसो भूँईमा बस्दै माग पूरा गराउन सरकारले वार्ता टोली बनाउन लागेको जानकारी दिनु ।

२०७२ भदौं ७ मा टिकापुरमा भएको हत्याकान्डमा दोषी करार गरेर सजाय भुक्तान गरिरहेका निलम्बित सांसद रेशमलाल चौधरी लगायत माथीको मुद्दा खारेज गर्नुपर्ने, थारुहट आन्दोलनमा ज्यान गुमाएकालाई शहीद घोषणा गर्नुपर्ने, मधेसी समुदायबाट थारुहटलाई अलग्गै राख्नुपर्ने लगायतका १९ बुँदे माग राखेर धर्नामा बसेकालाई सम्बोधन गर्न प्रधानमन्त्री ओलीले गृहमन्त्रीलाई नै पठाएका थिए । थापाले आफु सरकार र प्रधानमन्त्रीको तर्फबाट धर्नास्थलमा आएको बताएका थिए ।

चौधरी लगायतको मुद्दा फिर्ता गरेर रिहाई गर्नुपर्ने माग जनता समाजवादी पार्टीले उठाउँदै आईरहेको छ । यसका लागि उनले बालुवाटारमा महन्थ ठाकुर र राजेन्द्र महतोसँग कयौं पटक छलफल गरिसकेका छन् । सर्वाेच्च अदालतले नेकपाको एकता बदर गरेर माओवादी र एमाले ब्यूँताईदिए पछि झण्डै दुई तिहाईको बहुमतमा रहेको ओली सरकार अल्पमतमा परेको छ । संसदमा सरकारलाई बहुमतमा टिकाईराख्नका लागि आवश्यक पर्ने १३८ सांसद अहिले ओलीसँग छैन् । त्यसका लागि ओलीले ३४ सिट रहेको (दुई जना निलम्बित) जनता समाजवादी पार्टीसँग हात मिलाउन खोजिरहेका छन् । तर जसपाभित्र उपेन्द्र यादव र डा. बाबुराम भट्टराई ओलीको अहिले नाम पनि सुन्न चाहदैनन् ।

सरकारले जसपासँग सम्झौता गरेको जस्तो नबनाई आन्दोलनमा रहेको थारु समुदायसँग सम्झौता गर्ने गरी अर्काे बाटोबाट आफु बच्ने रणनीतिमा लागेका छन् । त्यही क्रममा ओलीले थारु कल्याणकारी सभा वा थारु समुदायलाई टिकापुर घटना राजनीतिक हो, राजनीतिक रुपमा हल गर्न लागियोस भन्दै आफै माइतीघर मण्डलमा धर्ना बसाउन लगाउने र सरकारले जसपाभित्र सम्झौता गर्ने भन्दा थारु कल्याणकारी सभा र थरुहट संर्घष समितिसँग सम्झौता गर्ने गरी तयारी अर्काेबाटो बाट थालेको हो ।

ओलीले यही बुझेर जसपाभित्र विभाजन ल्याउने गरी पूर्व राजपा खेमाका नेताहरु महन्थ ठाकुर र राजेन्द्र महतोलाई बालुवाटारमा निम्तो दिएर चिया कफी खुवाईरहेका छन् । जसपाभित्र फुट निम्ताएर भएपनि आफ्नो सरकार टिकाउने दाउमा लागेका ओलीका लागि रेशम चौधरी कसरी छोड्ने भन्ने अहिले प्रमुख विषय बनेर आएको छ । चौधरीलाई गत पुस पहिलो साता टीकापुर घटनामा संलग्न भन्दै उनीसहितका ८ जनालाई उच्च अदालत दिपायलले जन्मकैदको फैसला सुनाएको थियो । चौधरी अहिले काठमाडौंको डिल्लीबजारस्थित जेलमा छन् । उनको मुद्दा अहिले सर्वाेच्च अदालतमा छ । 

सरकारले जसपासँग सम्झौता गरेको जस्तो नबनाई आन्दोलनमा रहेको थारु समुदायसँग सम्झौता गर्ने गरी अर्काे बाटोबाट आफु बच्ने रणनीतिमा लागेका छन् । त्यही क्रममा ओलीले थारु कल्याणकारी सभा वा थारु समुदायलाई टिकापुर घटना राजनीतिक हो, राजनीतिक रुपमा हल गर्न लागियोस भन्दै आफै माइतीघर मण्डलमा धर्ना बसाउन लगाउने र सरकारले जसपाभित्र सम्झौता गर्ने भन्दा थारु कल्याणकारी सभा र थरुहट संर्घष समितिसँग सम्झौता गर्ने गरी तयारी अर्काेबाटो बाट थालेको हो ।

जसपासँग सम्झौता गर्दा ओलीलाई प्राविधिक अप्ठयारो आईलागेको छ । जसपाका एक अध्यक्ष रहेका उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष रहेका डा. बाबुराम भट्टराई ओलीको सत्ता टिकाउने शर्तमा कुनै पनि सम्झौता गर्न तयार छैनन् । त्यही अप्ठयारो बुझेर प्रधानमन्त्री ओलीले पार्टीसँग होइन थारु कल्याणकारी सभा या आन्दोलनरत्त पक्षसँग वार्ताको नाटक गरेर चौधरी लगायतलाई रिहा गर्ने र महन्थ र राजेन्द्र महतोको माग सम्बोधन गर्ने वैकल्पिक बाटो प्रयोग गर्न खोजेका छन् ।

चौधरी रिहाई गर्ने प्रमुख विषय हो भने जसरी सरकारले रिहा गरेपनि हुन्छ होइन ? भन्दै प्रधानमन्त्रीले मंगलबार बालुवाटार बोलाएर महन्थ र राजेन्द्र महतोसँग आफुले आन्दोलनकारी शक्तिसँग वार्ता गरेर रिहाईको अर्काे बाटो प्रयोग गर्ने जानकारी गराएको जसपाका एक नेताले बताए । सरकारले हिजो नै बसेको मन्त्रिपरिषद्को बैठकवाट त्यस सम्बन्धमा आवश्यक छलफल गरिसकेको छ ।  

अब सरकारले आन्दोलनमा रहेको थारु कल्याणकारी सभा, थारुहट संर्घष समितिसँग आफुले पनि वार्ता टोली बनाउने र त्यसबाट सम्झौता गरेर रेशम चौधरी लगायतलाई रिहा गर्ने बाटो समातेको छ । प्रधानमन्त्री ओलीले आफ्नो सरकार टिकाउन अहिले यसरी खेल खेल्न थालेका छन् ।
 

प्रतिक्रिया दिनुहोस