पाँचथर । पाँचथरको सडकको ट्र्याक खोल्दै गरेको स्काभेटर पल्टिँदा चालकको मृत्यु भएको छ ।
निर्माणाधीन तमोर कोरिडोर सडकको कुम्मायक गाउँपालिका–४ वनथाकमा ट्र्याक खोल्दै गरेको ना १ क ३२१ नम्बरको स्काभेटर आज दिउँसो चिप्लिएर दुर्घटना भएको हो ।
अप्ठ्यारो भीरमा ट्र्याक खोल्दै गरेको स्काभेटर चिप्लिएर करीब ५०० मिटर तल झरेर दुर्घटना भएको हो । दुर्घटनामा स्काभेटर चालक दोलखाको तामाकोशी गाउँपालिका–३ पुरानोगाउँका २ वर्षीय पवन महतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
उक्त दुर्घटनामा चालकको टाउको र शरीर फरक–फरक स्थानमा फेला परेको प्रहरीले जनाएको छ । तारे भीरबाट झरेको स्काभेटर तीन टुक्रा भएको छ ।
चालकलाई स्काभेटरको धारिलो भागले काटेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । सामुदायिक वन क्षेत्र भएकाले यहाँ सडक विस्तारको कार्य लामो समयदेखि अवरुद्ध थियो । हालैमात्र यहाँ सडकको ट्र्याक खोल्ने काम सुरु भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १२ चैत्र २०७७, २१ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु
नदीमा ट्रक खस्दा चालकको मृत्यु
चितवनमा होटलको छतबाट खसेर किशोरीको मृत्यु
रोकिएको ट्रकमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु