चितवन प्रिमियर लिग मंसिरमा हुने

सफल खबर संवाददाता

विहीबार, १२ चैत्र २०७७, १५ : ५१
चितवन प्रिमियर लिग मंसिरमा हुने

चितवन । दोस्रो संस्करणको चितवन प्रिमियर लिग (सिपिएल) टि–२० क्रिकेट प्रतियोगिता आउँदो मंसिर महिनामा हुने भएको छ । सिपिएल आयोजकले आज (विहीबार) एक विज्ञप्ती जारी गर्दै आउँदो मंसिर (डिसेम्बर) महिनामा प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको हो ।

प्रतियोगिताको पहिलो संस्करण गत माघ महिनामा भएको थियो । यसपटक विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड)का कारण केही ढिलाई हुन पुगेको हो । 

सिपिएलका संस्थापक तथा प्रवन्ध निर्देशक राजु चौधरीका अनुसार यसपटक प्रतियोगिता भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । पहिलो संस्करण नारायणगढस्थित क्याम्पाचौरमा संचालन भएको थियो । दोस्रो संस्करणलाई अझै व्यवस्थित र भव्य बनाउने प्रयास भइरहेको प्रवन्ध निर्देशक चौधरीले जानकारी दिए । 

पहिलो संस्करणमा प्रत्येक टिममा तीन जना राष्ट्रिय खेलाडी अनिवार्य गरिएको थियो । आउने संस्करणमा राष्ट्रिय खेलाडीको संख्या बढाउने योजनामा आयोजक रहेको छ । चितवन क्रिकेट संघको सहकार्यमा नारायणी एडर्भटाइजिङ एण्ड इभेन्ट्स प्रा.लि.को आयोजनामा हुने यस प्रतियोगितामा पाँच वटा टिम रहेका छन् । यस प्रतियोगिताको पहिलो संस्करणको उपाधि राप्ती ¥यापिड्सले उचालेको थियो । 
 

प्रतिक्रिया दिनुहोस