एजेन्सी । प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा बर्नलीलाई हराउँदै चेल्सी तालिकाको दोस्रो स्थानमा उक्लिएको छ।
खेल अवधिभर बर्नलीविरुद्ध हाबी देखिएको चेल्सीले २-० को जित निकालेको हो। पहिलो हाफमा चेल्सीका लागि ३७ औं मिनेटमा पेड्रो नेटोले गोल गरेका थिए।
दोस्रो हाफको अन्तिम समयमा ८८ औं मिनेटमा एन्जो फर्नान्डेजको गोलमा चेल्सीले अग्रता दोब्बर बनाएको हो। यो २-० को जितसँगै चेल्सी अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, ०७ मंसिर २०८२, ०७ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनकपुरका मिलान्थाले बनाए अर्धशतक