मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्तावमा गरेको हस्ताक्षर फिर्ता लिन एक हप्ते अल्टिमेटम

सफल खबर संवाददाता

बुधबार, ११ चैत्र २०७७, १२ : २५
मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्तावमा गरेको हस्ताक्षर फिर्ता लिन एक हप्ते अल्टिमेटम

काठमाडौं । नेकपा एमाले प्रदेश नम्बर–१ का मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्तावमा गरेको हस्ताक्षर एक हप्ताभित्र फिर्ता लिन निर्देशन दिएको छ । बुधबार विराटनगरमा बसेको को संसदीय दलको बैठकले सांसदहरुलाई यस्तो निर्देशन दिएको हो ।

बैठकले दलको विधानसमेत पारित गरेको छ । विधान पारित गरेर बोर्ड गठन गरेको मुख्यमन्त्री शेरधन राईले जानकारी दिए । बोर्डमा संसदीय दलका नेता, प्रमुख सचेतक, सचेतक र ११ जना सांसद गरी १५ जना छन् ।

प्रतिक्रिया दिनुहोस