फेरिँदै प्रचार शैली: लाईभ प्रसारन गर्न उम्मेदवारबीच होडबाजी

बुधबार, १३ मंसिर २०७४, ०७ : ४२
फेरिँदै प्रचार शैली: लाईभ प्रसारन गर्न उम्मेदवारबीच होडबाजी

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रचारप्रसारमा दलले विगतभन्दा बेग्लै शैली अपनाउन थालेका छन् । उम्मेदवारहरूले पछिल्लो समय सांस्कृतिक कार्यक्रमसाथै सामाजिक सञ्जाललाई चुनावी प्रचारमा प्रयोग गरिरहेका छन् ।

चुनावी कार्यक्रमको लाइभ प्रसारण गर्न उम्मेदवारबीच होडबाजी नै चलेको छ । उनीहरू ठूला सभाभन्दा घरदैलो पुगेर मतदाता आकर्षित गर्ने प्रयासमा छन् । विगतमा जस्तो पर्चा पम्प्लेट टाँस्ने क्रम यस पटक निकै कम देखिएको छ ।

इलाममा दलहरूले ठूला सभाभन्दा घरदैलो कार्यक्रमलाई जोड दिएका छन् । मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेस र वाम गठबन्धनसँगै अन्य दलले मतदाता रिझाउन गाउँ दौडाहालाई प्राथमिकता दिएका हुन् । प्रमुख दलले वडा र गाउँपालिकास्तरमा केही सभा भने गरेका छन् ।

सामाजिक सञ्जाल चुनाव प्रचारको अब्बल माध्यम बनिरहेका छन् । फेसबुक, म्यासेन्जर, ट्विटरलगायतमा आ–आफ्नो दलका प्रचार गर्न उम्मेदवारदेखि कार्यकर्तासम्म कम देखिँदैनन् ।

सामाजिक सञ्जालमा विपक्षीका कमजोरी केलाउँदै आफ्नो दल र उम्मेदवारलाई अब्बल साबित गर्ने प्रयास बढ्दो छ । फरक ढंगले आयोजना हुने व्यक्तिगत र सामाजिक कार्यक्रमलाई पनि दलले प्रचार माध्यम बनाउने गरेका छन् ।, यो खबर आजकोकान्तिपुरमा छ ।

प्रतिक्रिया दिनुहोस