काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । चैत्र ३ गते राति १२ बजेदेखि लागु हुने गरि पेट्रोल, डिजेल तथा मट्टितेलमा दुई रुपैयाँ वृद्धि गरेको हो ।
यससँगै काठमाडौंमा अब एक लिटर पेट्रोलको ११८ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर १०१ रुपैयाँ पर्नेछ । एलपी ग्यास तथा अन्तर्राट्रिय उडान तर्फ हवाई ईन्धनको मूल्य भने यथावत नै रहेको छ ।
यो बृद्धिले पनि निगम घाटामै रहेको निगमले जारी गरेकाे विज्ञप्तीमा उल्लेख गरिएकाे छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०३ चैत्र २०७७, २० : ३८
लेखकबाट थप