नेपालमा पहिलोपटक ११ महिने शिशुको कलेजो प्रत्यारोपण

सफल खबर संवाददाता

आइतबार, ०१ चैत्र २०७७, १० : ५०
नेपालमा पहिलोपटक ११ महिने शिशुको कलेजो प्रत्यारोपण

काठमाडौँ । नेपालमा पहिलोपटक ११ महिने शिशुको कलेजो प्रत्यारोपण भएको छ । त्रिवि शिक्षण अस्पताल काठमाडौंमा ११ महिने शिशुको कलेजो प्रत्यारोपण गरिएको छ।

कम उमेरको मानिसमा कलेजो प्रत्यारोपण गरिएको नेपालमा यो पहिलोपटक भएको अस्पतालले जनाएको छ । प्राध्यापक डा. रमेशसिंह भण्डारी नेतृत्वको टोलीले शनिबार ती शिशुमा कलेजो प्रत्यारोपण गरेको हो। उनका अनुसार प्रत्यारोपणका लागि करिब ८ घन्टा लागेको थियो।

बालकलाई ३५ वर्षका बाबुले कलेज दिएका थिए । शनिबार राति १२ बजे प्रत्यारोपणको काम सकिएको थियो । डा भण्डारीको नेतृतत्वमा भएको यो पाँचौं सफल प्रत्यारोपण हो। बच्चाको जन्मदेखि नै कलेजोमा समस्या थियो।

बालकका आफन्तले विदेशमा प्रत्यारोपणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसँग अनुरोध गरेको र ओलीकै पहलमा प्रत्यारोपण गरिएको डा भण्डारीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस