काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी मे १ भित्र सबै वयस्क अमेरिकीहरूलाई खोप दिलाउन पुग्ने व्यवस्था मिलाइएको बताउनुभएको छ ।
राष्ट्रपतिमा निर्वाचित भएपछि पहिलो टेलिभिजन सम्बोधनमार्फत उहाँले त्यसका लागि आवश्यक कार्य गर्न राज्यहरुलाई निर्देशन पनि दिनुभएको छ । खोप लगाउनका लागि सरकारले प्राथमिकता निर्धारण गरेकाले प्राथमिकताका आधारमा आफ्नो पालो आउदाँ खोप लगाउन पनि उहाँले सबैलाई आग्रह गर्नुभएको छ ।
कोरोनाभाइरसको महामारीका कारण एक वर्षमा ठूलो क्षति भएको चर्चा गर्दै उहाँले अब भने राम्रा दिनहरू आएको बताउनुभयो । जुलाई ४ मा मनाइने अमेरिकी स्वतन्त्र दिवसको अवसरमा त्यस बेला यस वर्ष भने साना साना कार्यक्रम गर्न सकिने अपेक्षा गरिएको उहाँको भनाइ छ ।
राष्ट्रपति बाइडेनले यसअघि १९ खर्ब डलरको कोभिड राहत प्याकेजमार्फत अमेरिकाको मेरुदण्ड पुनःनिर्माण हुनेतर्फ पहिलो पाइला चालिएको घोषणा गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, २८ फागुन २०७७, २१ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागलुङका ६ हजार बढी बालबालिकालाई लगाइयो सबै खोप
९ हजार बढी बाख्रालाई पीपीआरविरुद्धको खोप
तनहुँका १४ हजार छात्रालाई क्यान्सरविरुद्धको एचपीभी खोप लगाइँदै
काभ्रेका १६ हजार छात्रालाई क्यान्सरविरुद्धको खोप दिइने
क्यान्सरविरुद्धको खोप सित्तैमा बाँड्दैछ रुस ?
हुम्लामा राष्ट्रिय खोप कार्यक्रम सञ्चालन