टाउको नभएको अवस्थामा शव भेटियो

सफल खबर संवाददाता

शुक्रबार, २८ फागुन २०७७, १२ : ०८
टाउको नभएको अवस्थामा शव भेटियो

बारा । बाराको जितपुरसिमरा–१० मा टाउको नभएको अवस्थामा एउटा शव भेटिएको छ । शुक्रबार भेटिएको शव कसको हो भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, बाराका डीएसपी गौतम मिश्रले बताए ।

प्रहरीका अनुसार स्थानीय एक व्यक्ति १५ दिनदेखि बेपत्ता थिए । उनको शव हुनसक्ने आशंका गरिए पनि पुष्टि भइसकेको छैन ।२ नं प्रदेश प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुर घटनास्थलमा ल्याएर अनुसन्धान गर्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस