ईश्वर पोखरेलले डाके एमाले सचिवालय बैठक

सफल खबर संवाददाता

मंगलबार, २५ फागुन २०७७, ०७ : ५६
ईश्वर पोखरेलले डाके एमाले सचिवालय बैठक

काठमाडौं । नेकपा एमालेले पार्टी सचिवालय बैठक डाकेको छ । महासचिव इश्वर पोखरेलले आज अपरान्ह पार्टी कार्यालय धुम्बाराहीमा सचिवालय बैठक बोलाएका हुन् । एमाले विधानमा महासचिवको नेतृत्वमा उपमहासचिव र सचिवहरु रहेको सचिवालय गठनको ब्यवस्था छ ।

यसो हुँदा पोखरेलको नेतृत्वमा उपमहासचिवद्धय घनश्याम भुषाल र विष्णु पौडेल, सचिवहरु गोकर्ण विष्ट, पृथ्वी सुब्बा गुरुङ, प्रदीप ज्ञवाली, भीम आचार्य र योगेश भटटराई सचिवालयमा छन् । उनीहरुलाई हिजै पोखरेलले एसएमएस र टेलिफोन गरी बैठकमा आउन सूचना जारी गरेका हुन् ।

इश्वर पोखरेल तिनै ब्यीक्त हुन, जो एमाले र माओवादी केन्द्रको एकतापछि महासचिव पद छोड्न बाध्य भएका थिए । महासचिवमा ओलीले विष्णु पौडेललाई अगाडी सारेका थिए । पोखरेल त्यसबेला देखि नै एकताप्रति भित्री रुपमा असन्तुष्ट रहदै आएका थिए । उनले जनताको बहुदलीय जनवाद छोडेको, विचार बिहिन पार्टी बनेको भन्दै घुमाउरो अर्थमा भने आफनो पदप्रतिको असन्तुष्टि जनाउँदै आएका थिए । 

ओलीको बिडो थामेर उनले अबको नेतृत्व हत्याउने प्रयास गरिरहेका बेला त्यस समयमा एमाले र माओवादी केन्द्रका बीचमा एकता भएको थियो । दुई दुई कार्यकाल महासचिव रहेका पोखरेल त्यसपछि भने सचिवालय सदस्यका रुपमा करिब जिम्मेवारी बिहिन अवस्थामा खुम्चिएका थिए । पार्टीको स्कुलिङ विभाग मरिहत्ते गरेर लिएपनि उनले जिम्मेवारी अनुसारको काम भने यो बीचमा गरेका थिएनन् ।

ओलीले उनलाई रुचाउने भन्दा पनि ओलीसँग टाँसिन रुचाउने पोखरेलको प्रवृति हो । त्यही प्रवृतिका कारण उनी एकताकै बेलामा पनि पूर्व माओवादी धारका नेता कार्यकर्तासँग अलिक बढी नै पूर्वाग्रही बन्दै आएका थिए । उनले एकता विरोधी अभिब्यक्ति पनि दिँदै आएका थिए । 

ओलीको प्रतिनिधीसभा विघटन गर्ने निर्णयपछि प्रचण्डसँग सहकार्य गरिरहेका माधव नेपाल पक्ष पनि मूल घर एमालेमै फर्किएर ओली प्रवृतिका विरुद्ध अन्तरसंर्घष गर्ने निश्र्कषमा पुगेका छन् । यसो हुँदा एमालेभित्रको घर झगडा त्यत्तिकै सक्किने सम्भावना छैन् । पोखरेल नेतृत्वको सचिवालयमा पनि पोखरेल, विष्णु पौडेल, प्रदीप ज्ञवाली र पृथ्वी सुब्बा गुरुङ एकातिर भएपनि घनश्याम भुषाल, भीम आचार्य, गोकर्ण विष्ट र योगेश भट्टराई अर्काेतिर छन् ।