काठमाडौं । लोक सेवा आयोगहरुको पहिलो राष्ट्रिय सम्मेलन आइतबारबाट सुरु हुँदै छ । केन्द्रीय लोक सेवा आयोगको आयोजनमा काभ्रेको धुलिखेलस्थित एक होटलमा आयोजित सम्मेलन दुई दिनसम्म चल्ने छ ।
सम्मेलनमा प्रदेश लोक सेवा आयोगहरुबाट पाँच ,पाँच जनाको प्रतिनिधित्व छ । गण्डकी र सुदूरपश्चिम प्रदेशबाहेक सबै प्रदेशमा लोक सेवा आयोग गठन भइसकेको छ ।राष्ट्रिय सम्मेलनमा प्रदेश र केन्द्रीय लोक सेवा आयोगसमेत गरी करिब ५० जनाको सहभागीता रहने छ ।
सम्मेलनमा केन्द्रीय लोक सेवा आयोग र प्रदेश लोक सेवा आयोगहरुबाट विभिन्न कार्यपत्रहरु प्रस्तुत हुने केन्द्रीय लोक सेवा आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले जानकारी दिए । सम्मेलनको उपलब्धि सोमबार धुलिखेलमै पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २३ फागुन २०७७, ०८ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निष्पक्षता कायमका लागि लोक सेवा आयोगको जनविश्वास प्रबल छ: प्रधानमन्त्री ओली
लोक सेवाप्रति अझ बढ्दै जनविश्वास
बागमती लोक सेवा आयोगका अध्यक्ष श्रेष्ठद्वारा शपथ ग्रहण
बागमती प्रदेश लोक सेवा आयोग अध्यक्षमा महेश्वर श्रेष्ठ नियुक्त