नेविसंघ छाडेर ५१ जना अनेरास्ववियूमा प्रवेश

सफल खबर संवाददाता

शनिबार, २२ फागुन २०७७, १६ : ५४
नेविसंघ छाडेर ५१ जना अनेरास्ववियूमा प्रवेश

चितवन । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघका ५१ जना शनिबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भ्रातृ संगठन अनेरास्ववियूमा प्रवेश गरेका छन् ।

नेपाल विद्यार्थी संघ जिल्ला समिति चितवनका सदस्य तथा सहिद स्मृति बहुमुखी क्याम्पस रत्ननगरका उपसभापति रोनित श्रेष्ठको नेतृत्वमा जिल्ला सदस्य सुजन अधिकारीसहित ५१ जना अनेरास्ववियूमा प्रवेश गरेका हुन् ।

नेकपा (प्रचण्ड–माधव) समूहको पार्टी कार्यालय कृष्णपुरमा आयोजित कार्यक्रममा नेकपा जिल्ला अध्यक्ष यमबहादुर परियार, जिल्ला सदस्य तेजेन्द्र खड्का, कृष्णराज न्यौपाने, रामचन्द्र अधिकारी र सचिवालय सदस्य चक्र रुचालले अनेरास्ववियूमा प्रवेश गरेकाहरुलाई अबिरको टीका लगाएर स्वागत गरेका थिए ।

अनेरास्ववियू जिल्ला कार्यालय सदस्य अविनाश रम्तेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अनेरास्ववियू केन्द्रीय सदस्य अशोक देवकोटाले स्वागत मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस