सांसद यादबद्वारा १५ लाखको लागतमा बन्ने कल्भर्ट कल्भर्ट पुलको शिलान्यास

सफल खबर संवाददाता

शनिबार, २२ फागुन २०७७, १४ : १७
सांसद यादबद्वारा १५ लाखको लागतमा बन्ने कल्भर्ट कल्भर्ट पुलको शिलान्यास

वीरगञ्ज । पर्सा क्षेत्र न. १ का प्रतिनिधि सभा सदस्य प्रदिप यादबले विकासको लागी नेता भन्दा पनि नागरिक जागरुप हुनुपर्नेमा जोड दिएका छन् । वीरगञ्ज महानगरपालिका वडा न. १४ बहुअरीमा कल्भर्ट पुलको शिलान्यास गर्दै सांसद यादबले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि विकास निर्माणका कामहरु अलपत्र पर्छन् कि भन्ने चिन्ता लागेको बेलामा सर्वाेच्च अदालतको निर्णयले निराशालाई आशामा परिणत गरेको बताए ।

बहुअरीस्थित मर्लैया खोलामा कल्भर्ट पुलको शिलान्यास गर्दै जनता समाजवादी पार्टीका केन्द्रिय सदस्यसमेत रहेका यादबले नागरिकले विकासका लागी सांसदहरुलाई झकझक्याउनुपर्ने बताए । नागरिक जागरुप नहुँदासम्म विकास निर्माणले तिब्रत लिन नसक्ने यादबको भनाई छ । 

सांसद यादबको संसदीय कोषबाट रु. १५ लाखको लागतमा निर्माण हुने कल्भर्ट १८ फिट लम्बाई १५ फिट चौडाईको हुने छ । नइम अन्सारीको अध्यक्षतामा गठित उपभोक्ता समितिले कल्भर्ट निर्माणको काम थालनी गरेको छ । 

वडा न. १४ का अध्यक्ष भरत प्रसाद कुर्मीको सभापतित्वमा सम्पन्न शिलान्यास कार्यक्रममा प्रदेश सभा सदस्य जन्नत अन्सारी, वडा सदस्य रफिक अन्सारी, जावेद एकल हैदर, महबुब एलाही अन्सारी, दिलसाद अन्सारी कासिम अन्सारी जैहरुदिन अन्सारी, अब्दुसमन अन्सारी, आजाद हुसैन, अब्दुर रउफ अन्सारी  लगायतको उपस्थिती रहेको थियो । 

विगत ३ दशकभन्दा लामो समयदेखी कल्भर्ट नहुँदा घुमाउरोबाटोबाट घुमेर आवातजावत गर्न बाध्य भएका स्थानीयलाई कल्भर्ट निर्माणपछि आवातजावतमा सहज हुने स्थानीयले विश्वास लिएका छन् ।

प्रतिक्रिया दिनुहोस