काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले शुक्रबार देशका अधिकांश स्थानको मौसम सफा रहने जनाएको छ । त्यस्तै पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रहे पनि बाँकी भूभागहरू भने सफा रहनेछन् ।
उच्च पहाडी तथा हिमाली भूभागहरुको एक–दुई स्थानमा वर्षा र हल्का हिमपातको सम्भावना पनि रहेको मौसमविदले बताएका छन् । शुक्रबार राति पनि देशको पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहने महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ।
उच्च पहाडी तथा हिमाली भूभागहरुको एक–दुई स्थानमा राति पनि वर्षा र हल्का हिमपातको सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २१ फागुन २०७७, ०८ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
कस्तो रहला आज देशभरको मौसम ?
आजको मौसम : यी क्षेत्रमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी क्षेत्रमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना