यस्ता छन् उखुको जुसका फाइदा

एजेन्सी

सोमबार, १७ फागुन २०७७, १५ : ०४
यस्ता छन् उखुको जुसका फाइदा

गर्मी महिनामा उखुको जुस स्वादको लागि मात्रै नभएर शारीरिक समस्याको समाधानको लागि पनि पिउने गरिन्छ । नेपालको तराई भेगमा उखुको जुस धेरै खाने गरिन्छ । यसले एनिमिया, जण्डिस जस्ता रोगलाई निको पार्न सहयोगी भूमिका खेल्छ । अम्लपित्त रोगका लागि उखुको जुस धेरै फाइदाजनक मान्ने गरिन्छ । उखुमा मिनेरल, भिटामिन र एन्टिअक्सिडेन्ट अधिक मात्रामा पाउने गरिन्छ ।

डण्डीफोरबाट मुक्ति
नियमित उखुको जुस पिउनुले डण्डीफोर ठीक गर्ने गर्छ । उखुको रस निकालेको डाँठलाई २० मिनेटसम्म मास्कको रूपमा पनि लगाउन सकिन्छ । हप्तामा एकदिन यस्तो मास्क लगाउन सकिन्छ ।

शक्ति प्रदान गर्नको लागि
उखुको जुसले शरीरमा शक्ति प्रदान गर्ने एवं मान्छेलाई सधैं फ्रेस राख्न सहयोग गर्ने गर्छ ।

कमलपित्त कम गर्न
कमलपित्त ठीक गर्नको लागि दैनिक २ गिलास उखुको जुसमा कागती वा नुन मिसाएर पिउनुपर्छ। यदि उखुको मौसम होइन भने पनि चिनी राखेको सर्वतमा कागती राखेर पनि खान सकिन्छ ।

मधुमेह कम गर्नु
यदि तपाईं मधुमेहको शिकार बन्नु भएको छ भने पनि उखुको जुस पिउन सक्नुहुन्छ । किनकि यसले शरीरमा ग्लुकोजको तहलाई सन्तुलित गराउने काम गर्छ ।

वान्ता रोक्न
गर्मी मौसममा उखुको जुस खानुले वान्ता रोक्न मद्दत गर्ने गर्छ । एक गिलास उखुको रसमा २ चम्चा मह राखेर खाँदा गर्मीमा हुने वान्ता रोक्न मद्दत गर्ने गर्छ ।

पिसाब पोल्ने समस्याको समाधान
उखुको जुसले गर्मीमा पिसाब पोल्ने समस्यालाई समाधान गर्ने गर्छ । साथमा मूत्रसम्बन्धी समस्या पनि समाधान गर्ने गर्छ ।

वजन नियन्त्रण
यसको स्वाद गुलियो हुनुका बाबजुद पनि यसले वजन नियन्त्रणमा भूमिका खेल्ने गर्छ । यसले हाम्रो शरीरबाट खराब कोलेस्ट्रोललाई नियन्त्रण गर्न मद्धत गर्ने गर्छ । यो घुलनशील फाइबरबाट भरिएको हुन्छ । जुन वजन कम गर्न मद्दत मिल्ने खालको हुन्छ ।