चैतमा महिला क्रिकेट प्रतियोगिता हुने

रासस

सोमबार, १७ फागुन २०७७, १३ : २७
चैतमा महिला क्रिकेट प्रतियोगिता हुने

काठमाडौं ।आगामी चैतमा महिला क्रिकेट प्रतियोगिता हुने भएको छ । नेपाल क्रिकेट संघ क्यानले अर्को महिला महिलाको टी २० प्रतियोगिता आयोजना गर्न लागेको हो ।

क्यानले गत पुसमा राष्ट्रिय खेलकुद परिषद राखेपको कार्यक्रम अनुसार दाङमा प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट आयोजना गरेको थियो । जसमा प्रदेश १ ले विभागीय टोली एपीएफको वर्चस्व तोड्दै उपाधि जितेको थियो ।

क्यानले काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा यही फागुन २२ देखि ९ गतेसम्म टी यू क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा पुरुषको मेयर कप क्रिकेट प्रतियोगिता आयोजना गर्दैछ ।

जसमा प्रधानमन्त्री कप पुरुष राष्ट्रिय प्रतियोगिताको सेमिफाइनल पुगेका चार टिम र काठमाडौं महानगरपलिकाको एक टिम गरी ५ टिमले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस