मोदीले लगाए कोरोनाभाइरस विरुद्धको खोप

एजेन्सी

सोमबार, १७ फागुन २०७७, ११ : ५१
मोदीले लगाए कोरोनाभाइरस विरुद्धको खोप

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाभाइरस विरुद्धको खोपको पहिलो डोज लगाएका छन् । सोमबार असमको गम्छा भिरेर नयाँ दिल्ली एम्स अस्पताल पुगेका मोदीलाई पुडुचेरीकी नर्स पी नेवादाले भारत बायोटेकको कोभ्याक्सिन खोप लगाइदिएकी थिइन् साथमा केरलकी नर्स रोसम्मा अनिल उपस्थित थिइन् ।

यी तीन राज्यमा २७ मार्च देखि ६ अप्रिलमा विधानसभा चुनाव हुँदैछ ।

खोप लगाएपछि मिडियासँग प्रतिक्रिया दिँदे नर्स पी नेवादाले भनिन्, ‘प्रधानमन्त्रीले खोप लगाएपछि ‘लगाउनुभयो, मलाई त थाहा पनि भएन’ भन्ने प्रतिक्रिया दिएको बताइन् ।’

प्रतिक्रिया दिनुहोस