अदालतलाई प्रचण्डको लिखित जवाफ : धम्की दिएको छैन (पूर्णपाठसहित)

सफल खबर संवाददाता

आइतबार, १६ फागुन २०७७, १२ : ५८
अदालतलाई प्रचण्डको लिखित जवाफ : धम्की दिएको छैन (पूर्णपाठसहित)

काठमाडौं । नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अदालत र न्यायाधीश उपर लाञ्छना लगाउने, धम्की दिने र न्याय दिने काममा बाधा गर्ने न्यायिक फैसला उलङ्घन गर्ने काम आफूबाट हुन नसक्ने बताएका छन् ।

त्यस्तै उनले आफूले अदालतलाई धम्की दिएको भन्ने झुटो भएको भन्दै आफूविरुद्धको रिट खारेज गर्न माग गरेका छन् । अदालतको अवहेलना मुद्दामा आइतबार १० बुँदे लिखित जवाफ पेश गर्दै प्रचण्डले संवैधानिक नियुक्तिको विरोधमा देशभर सर्वत्र विरोध भैरहेको पनि उल्लेख गरेका छन् ।

जवाफमा भनेका छन्, ‘वर्तमान प्रधानमन्त्रीले यो संवैधानिक संसदीय सुनुवाइको व्यवस्था निष्क्रिय पार्न नै संसद विघटन गरेर संवैधानिक अंगका पदाधिकारी नियुक्तिको सिफारिस एकैदिन गरेको कुरालाई सम्मानित अदालतमा निवेदन परिसकेको छ । यसको विरोधमा देशभर सर्वत्र विरोध भैरहेको छ । यसबारेमा म यहाँ केही बोल्न चाहन्नँ ।’

प्रचण्डको लिखित जवाफ यस्तो छः 

 

 

 

 


 


 

प्रतिक्रिया दिनुहोस