उम्मेदवारी दर्ता

चितवन ३ मा माओवादी अध्यक्ष प्रचण्डको उम्मेदवारी दर्ता (फिटोफिचर)

विहीबार, १६ कार्तिक २०७४, १४ : ४१
चितवन ३ मा माओवादी अध्यक्ष प्रचण्डको उम्मेदवारी दर्ता  (फिटोफिचर)

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवन क्षेत्र न ३ बाट प्रतिनिधि सभाको सदस्यका लागि उम्मेद्वारी दर्ता गराएका छन्। यसअघि काठमाडौँ, रोल्पा र सिरहाबाट चुनाव लड्दै आएका प्रचण्ड अहिले भने आफ्नै गृह नगर चितवनबाट उम्मेदवार बनेका हुन्। बनेका हुन्।

स्थानीय निकाय निर्वाचनमा चितवनको भरतपुर महानगरपालिकाको मेयरमा प्रचण्ड पुत्री रेणु दाहाल विजयी भएकी थिईन्। दोस्रो चरणमा हुने ४५ जिल्लामा प्रतिनिधिसभा सदस्यतर्फ १ सय २८ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ २ सय ५६ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारले आज
मनोनयन दर्ता गर्दैछन्। दोस्रो चरणको निर्वाचनमा देशभर एक करोड २१ लाख ९८ हजार ८ सय ५२ जना मतदताले मतदान गर्दै छन्।

 

 

प्रतिक्रिया दिनुहोस