पछिल्लो २४ घण्टामा थपिए ९४ जना कोरोना संक्रमित

सफल खबर संवाददाता

बुधबार, १२ फागुन २०७७, १७ : ०४
पछिल्लो २४ घण्टामा थपिए ९४ जना कोरोना संक्रमित

काठमाडौँ । पछिल्लो २४ घण्टामा ९४ जना कोरोना संक्रमित थपिएसँगै देशभर संक्रमितको कुल संख्या २ लाख ७३ हजार ७ सय ६० पुगेको छ ।

स्वास्थ्य तथा  जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ६६ पुगेको छ ।

बुधवार ७१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७० हजार १ सय ३९ पुगेको छ । हाल देशभर १ हजार ५ सय ५५ जना सक्रिय संक्रमित रहेका  छन् ।