उपराष्ट्रपतिको नीजि सचिवालयबाट गरिएको खण्डन

सफल खबर संवाददाता

बुधबार, १२ फागुन २०७७, ११ : ४१
उपराष्ट्रपतिको नीजि सचिवालयबाट गरिएको खण्डन

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनलाई उपत्यका बाहिर जान बन्देज लगाइएको  समाचारप्रति उपराष्ट्रपतिको नीजि सचिवालयले  खण्डन गरेको छ ।  

उपराष्ट्रपतिको प्रेस संयोजक मनोज घर्तीमगरले एक विज्ञप्ति जारी गर्दै समाचारमा कुनै सत्यता नरहेको  स्पष्ट पारेका छन्।

बुटवलमा दलित पत्रकार संघको राष्ट्रिय महाधिवेशन उद्घाटनको  निमन्त्रण आएको तर सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदन फैसलाको क्रममा रहेकोले उक्त कार्यक्रममा जान नसकेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।  
  

प्रतिक्रिया दिनुहोस