अमेरिका । अमेरिकामा कोभिड–१९ का कारण ज्यान गुमाउनेको संख्या पाँच लाख पार भएपछि राष्ट्रपति जो बाइडेनले देशको नाममा सम्बोधन गरेका छन् । संसारभरी कोरोनाका कारण सबैभन्दा धेरै अमेरिकामा मृत्यु भएको छ ।राष्ट्रलाई सम्बोधन गर्दै राष्ट्रपति बाइडेनले भने, ‘एक देशको रुपमा हामी यस्तो क्रुर भाग्य स्विकार गर्न सक्दैनौं ।’
ह्वाइट हाउस बाहिर मैनबत्ती बालेर मृतात्मालाई श्रद्धाञ्जली दिइयो, साथै राष्ट्रपति तथा उपराष्ट्रपतिले आ–आफ्ना जीवनसाथीसँग केही बेर मौन धारण गरे । हालसम्म अमेरिकामा २ करोड ८८ लाख कोरोनाद्वारा संक्रमित भइसकेका छन् । जुन आफैंमा एक विश्व रेकर्ड हो । राष्ट्रपति बाइडेनले अमेरिकीहरुलाई कोभिडविरुद्ध लड्न आह्वान गर्दै भने, ‘आज हामी सबै अमेरिकीलाई भन्न चाहन्छु कि उनीहरुले याद गरुन् । जसलाई हामीले गुमाएका छौं, उनीहरुलाई याद गरौं र उनीहरुलाई याद गरौं जसलाई हामीले पछाडि छोडिदियौं ।’
राष्ट्रपतिले पाँच दिनका लागि सरकारी भवनमा सबै राष्ट्रिय झण्डालाई आधा झुकाउने आदेश दिएका छन् । ह्वाइट हाउसमा आफ्नो भाषणको सुरुवातमा उनले भने, ‘पहिलो विश्वयुद्ध, दोस्रो विश्वयुद्ध र भियतनाम युद्ध गरी अमेरिकीको त्यति धेरै मृत्यु भएको छैन जति कोभिडका कारण भएको छ ।’
उनले भने, ‘आज हामी ५००,०७१ मृत्युको दुःखी र हृदयविदारक माइलस्टोनमा पुगेका छौं ।’
‘हामीले धेरैजसो सुनेका छौं कि मानिसहरुलाई आम अमेरिकी भनिन्छ । यस्तो केही होइन, उनीहरुमध्ये कोही पनि आम होइनन् । जसलाई हामीले गुमाएका थियौं, उनीहरु असाधारण थिए । उनीहरुमध्ये कोही अमेरिकामा जन्मिएका थिए वा आफ्नो देश छोडेर अमेरिका आएका थिए ।’
उनले भने, ‘तीमध्ये कतिले अमेरिकामा एक्लै अन्तिम सास फेरे ।’
उनले आफ्नै दुःखको पलसमेत स्मरण गरेँ । सन् १९७२ मा उनकी श्रीमती र छोरीको एक कार दुर्घटनामा मृत्यु भएको थियो र उनको जेठो छोराको सन् २०१५ मा ब्रेन क्यान्सरका कारण मृत्यु भएको थियो । उनले भने, ‘मेरा लागि, पीडा र शोकको मेरो यात्रा एक उद्देश्यको खोज हो ।’
महामारीको विषयमा राष्ट्रपति बाइडेनको अप्रोच पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा भिन्न छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, ११ फागुन २०७७, १० : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकाले जोन्सनको खोपलाई दियो अनुमति
डेनमार्कमा लकडाउनको विरोध गर्नेहरु पक्राउ
बङ्लादेशमा प्रहरी र प्रदर्शनकारीबीच झडप, दर्जनौ घाइते
अमिताभको स्वास्थ्यमा समस्या, सर्जरीको तयारी
म्यानमारमा प्रदर्शनकारीमाथि गोली ,कम्तिमा दुईको मृत्यु
सेनाप्रमुख हटाउने आर्मेनियाका प्रधानमन्त्रीको निर्णयमा राष्ट्रपतिको असहमति