अमेरिका विश्वको नेतृत्व गर्न फर्किएको छ अमेरिकी विदेशमन्त्री ब्लिंकेन

एजेन्सी

शनिबार, ०८ फागुन २०७७, १४ : ५१
अमेरिका विश्वको नेतृत्व गर्न फर्किएको छ अमेरिकी विदेशमन्त्री ब्लिंकेन

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले अमेरिका पूर्ववत स्थितिमा फर्किएको बताएका छन् ।महामारी, जलवायु परिवर्तन र इरानको परमाणु महत्वाकाङ्क्षा जस्ता मुद्दा सुल्झाउन सघाउनका लागि पूर्ण रूपमा संलग्न रहेको उनले बताएका छन् ।  

बीबीसी समाचार समितले दिएको आफ्नो पहिलो अन्तर्राष्ट्रिय अन्तर्वार्तामा ब्लिंकेनले कोभिड–१९ विरूद्धको विश्वव्यापी खोप कार्यक्रममा जोड दिएको बताइएको छ ।सो अन्तर्वार्ताको क्रममा कोरोना भाइरसको उत्पत्तिको विषय खोजको लागि पारदर्शिताको अभाव देखाएको भन्दै चीनको समेत आलोचना गरेको समाचारमा जनाइएको छ  । 

 अमेरिकामा नयाँ राष्ट्रपति जो बाइडेन आउनु भएपछि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको कैयौ निर्णयलाई उल्टाइएको छ ।[रासस ÷एएफपी]

प्रतिक्रिया दिनुहोस