अमेरिकामा १ करोड ८८ लाखभन्दा धेरैले जिते कोरोना भाइरसको संक्रमण

एजेन्सी

शनिबार, ०८ फागुन २०७७, १० : ५०
अमेरिकामा १ करोड ८८ लाखभन्दा धेरैले जिते कोरोना भाइरसको संक्रमण

file photo

काठमाडौँ । अमेरिकामा १ करोड ८८ लाखभन्दा धेरैले कोरोना भाइरसको संक्रमणलाई जितेका छन् । पछिल्लो २४ घण्टा १ लाख ३०२ जनाले संक्रणलाई जितेका छन् । योसँगै अमेरिकामा संक्रमणमुक्त हुनेको संख्या १ करोड ८८ लाख ३ हजार ७२३ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा २ हजार ४२८ संक्रमितको मृत्यु भएको छ । योसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउने संक्रमितको संख्या ५ लाख ७ हजार ७४६ पुगेको छ ।

त्यहाँ पछिल्लो २४ घण्टामा ७८ हजार ६४० जनामा संक्रमण पुष्टि भएको छ । यसअघि २७ मंसिरमा एकैदिन अहिलेसम्मकै धेरै ३ लाख ८६ हजार ६५४ जनामा संक्रमण भएको थियो ।

पछिल्लो वृद्धिसँगै अमेरिकामा संक्रमितको संख्या २ करोड ८६ लाख नाघेको छ ।