बाबा रामदेवले  कोरोनाको औषधि सार्वजनिक गर्दै

एजेन्सी

शुक्रबार, ०७ फागुन २०७७, १३ : ०४
बाबा रामदेवले  कोरोनाको औषधि सार्वजनिक गर्दै

नयाँ दिल्ली । योगगुरु बाबा रामदेवले आज शुक्रवार मध्यान्हमा कोरोना भाइरसविरुद्धको एउटा नयाँ औषधि सार्वजनिक गर्ने भएका छन् । उक्त नयाँ औषधि सम्पूर्ण रुपले प्रमाणितकतामा आधारित भएको पतञ्जलीले दावी गरेको छ ।

नयाँ औषधि सार्वजनिक हुने अवसरमा भारतका केन्द्रिय स्वास्थ्य मन्त्री डा.हर्षवर्धन र केन्द्रिय मन्त्री नितिन गडकारीको पनि उपस्थिति रहने बताइएको छ ।

यहि क्रममा बाबा रामदेवले भनेका छन –‘स्वास्थको क्षेत्रमा भारत आत्मनिर्भर र ग्लोबल लीडर बन्दैछ । योग र आयुर्वेदलाई हामीले वैज्ञानिक प्रमाणिकताका साथ स्थापित गर्ने कोशिश गरिरहेका छौं । अहिलेसम्म पतञ्जलीको सयौं रिसर्च पेपर प्रकाशित गरिएको छ । हामीले योग क्रियालाई वैज्ञानिक तथ्यका साथ संसार सामु राखेका छौं ।’ उक्त औषधिको नाम कोरोनिल ट्याबलेट राखिएको छ ।

रामदेवका अनुसार विगतमा उनीहरुले कोरोनिलको माध्यमबाट लाखौं मानिसलाई जीवनदान दिने काम गर्दा धेरै मानिसले प्रश्न उठाए ।

‘धेरै मानिसहरुको मनमा सर्वेक्षण विदेशमा मात्र हुन्छ भन्ने रहेको छ । विशेष रुपमा आर्युवेदको सर्वेक्षणको बारेमा विभिन्न किसिमको आशंकाहरु गरिन्छ । अब हामीले शंकाका समस्त बादल हटाइदिएका छौं, कोरोनिललाई लिएर भिन्दा–भिन्दै रोगमा पनि हामीले सर्वेक्षण गरेका छौं’, रामदेवले भनेका छन् ।

भारतका कन्द्रिय मन्त्री नितिन गडकरी भन्छन् –पतञ्जलीको अनुसान्धानले देशलाई फाइदा त हुन्छ नै, तर वैज्ञानिक रुपले समेत काम गर्नका लागि बाबा रामदेव र आचार्च बालकृष्णलाई धन्यवाद प्रदान गर्छु । जो अहिले वैज्ञानिक आधार लिएर पुन: जनता सामु आएका छन् । त्यसैले निसिश्चत रुपमा मानिसको विश्वास अझ धेरै यसमा बढ्नेछ ।’

यसअघि पतञ्जलीले २०२० जून २३ मा कोरोनाका लागि कोरोनिल लञ्च गरेको थियो । उक्त औषधिले ७ दिनमा कोरोनाको उपचार गर्ने दावी गरिएको थियो ।

यद्यपि लञ्च हुँदा–हुँदै उक्त औषधि विवादमा आएको थियो ।

प्रतिक्रिया दिनुहोस