नयाँ दिल्ली । भारतमा कोरोना भाइरसबाट सुरक्षित रहनका लागि अहिलेसम्म एक करोड भन्दा बढि मानिसले खोप लगाएका छन् । यो संख्या दिन प्रतिदिन बढिरहेको भारतको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । सामान्य साइड इफेक्ट देखिए पनि खोप लगाउनेहरुमा एक प्रकारको उत्साह देखिएको बताइन्छ ।
यसैबीच, पछिल्लो २४ घण्टामा कोभिड–१९ का १३ हजार १ सय ९३ संक्रमित भेटिएपछि भारतमा संक्रमितको कुल संख्या एक करोड ९ लाख ६३ हजार भन्दा बढि भएको केन्द्रिय स्वास्थ्य मन्त्रालयले बताएको छ ।
भारत अहिले धेरै संक्रमित हुने देशहरुको दोस्रो नम्बरमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, ०७ फागुन २०७७, १२ : ५५
लेखकबाट थप