अमेरिकी रोवरले पठायो मङ्गल ग्रहबाट पहिलो तस्विर

एजेन्सी

शुक्रबार, ०७ फागुन २०७७, १२ : ३७
अमेरिकी रोवरले पठायो मङ्गल ग्रहबाट पहिलो तस्विर

काठमाडौं । शुक्रवार राति नेपाली समय अनुसार  २ बजेर ४० मिनेटमा मङ्गल ग्रहमा अवतरण गरेको रोवर मार्स पर्सिवरेन्सले काम शुरू गरेको छ। यस क्रममा रोवरले मङ्गल ग्रहको तस्विर खिचेर पृथ्वीस्थित नासाको नियन्त्रण कक्षलाई पठाएको छ।

तस्विर प्राप्त हुनसाथ नासाले मङ्गलबाट आएको तस्विर सार्वजनिक गरेको छ। नासाले आफ्नो आधिकारिक ट्विटर ह्याण्डालबाट यो तस्वीर सार्वजनिक गरेको  हो ।

यो अमेरिकन रोवर सात महिने यात्रापछि फेब्रुअरी १९ को राति मङ्गल ग्रहमा अवतरण गरेको थियो। नासाको यस रोवर पर्सिवरेन्सले मङ्गल अवतरणका क्रममा  पनि तस्वीर खिचेर पठाएको थियो। ल्याण्ड गरेकोकेही समय पछि यसले पुनः मंगलग्रह को तस्विर खिचेर पृथ्वीमा पठाएको हो । 

प्रतिक्रिया दिनुहोस