काठमाडौं । विश्वव्यापी सर्च इन्जिन गुगलले अष्ट्रेलियाका स्थानीय समाचार कन्टेन्टबाट भएको आम्दानीको केही हिस्सा मिडियाहरुलाई बुझाउने सम्झौता गरेको छ । लामो समयदेखि जारी विवाद अन्ततः सम्झौतामा आएर टुङ्गएिको हो ।
गुगलसँग अष्ट्रेलियाका केही समाचार संस्थाहरुले बुधबार समाचारबाट आएको आम्दानीको हिस्सा बुझाउने सम्झौता गरेको हो ।यद्यपि बुधबारबाटै समाजिक सञ्जाल फेसबुकले भने अष्ट्रेलियाका मिडियालाई भने आफ्नो प्लेटर्फममा प्रतिबन्ध लगाउन सुरु गरेको छ ।
अष्ट्रेलियाले आफ्ना मिडियाहरु समस्यामा परेको भन्दै गुगल, फेसबुकलगायतका डिजिटल प्लेटर्फमहरुले समाचार शेयरबाट भएको आम्दानीको केही हिस्सा मिडियालाई बुझाउनुपर्ने बताएको थियो । पहिलोपटक अष्ट्रेलियाले यस्तो योजना अघि सारेको हो ।
गुगलले अष्ट्रेलियाको सरकारले यस्तो नियम ल्याए, आफ्नो सेवा अष्ट्रेलियाबाट हटाउन सक्ने चेतावनी दिएको थियो । तर, बुधबार भने गुगलले केही मिडियासँग भुक्तानीको सम्झौता गरेको हो । यससँगै गुगलले विश्वका अन्य समाचार संस्थाहरुसँग पनि सम्झौता गर्न सक्ने अपेक्षा गरिएको छ ।
फेसबुकले भने यस किसिमको नियमले प्रकाशक र फेसबुबीचको आधारभूत बुझाइमा गलत हुनसक्ने बताएको छ । यस्तोमा फेसबुकले अष्ट्रेलियाको स्थानीय समाचारमा रोक लगाउन सक्ने बताएको थियो । फेसबुकका अष्ट्रेलिया तथा न्युजिल्याण्डको सेवाका प्रमुख विलियम एस्टोनले आफ्नो ब्लगपोस्टमा लेखेका छन्।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, ०६ फागुन २०७७, ११ : ०१
लेखकबाट थप