एजेन्सी । पाकिस्तानको राजधानीसहितका विभिन्न शहरमा ६.४ म्याग्निम्युडको भूकम्पका जनजीवन प्रभावित भएको छ । शुक्रबार राति गएको भूकम्पको धक्का पाकिस्तानको राजधानी इस्लामावाद तथा भारतका केही क्षेत्रमा समेत महसुस भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।
पाकिस्तानको राजधानी इस्लामावादसहित देशको उत्तरी क्षेत्रका ठूलो धक्का महसुस भएको डनले जनाएको छ । पाकिस्तानको पञ्जाव तथा खैबर पख्तुन्ख्वासहितका प्रान्तमा भूकम्पको धक्का थाहा भएको हो । राति १० बजेपछि भूकम्प गएको हो ।
भूकम्प ताजकिस्तान केन्द्रविन्दु भएर गए पनि पाकिस्तानको उत्तरी क्षेत्रमा बढि धक्का महसुस भएको हो । ताजकिस्तान तथा पाकिस्तानमा भूकम्पका कारण मानवीय क्षति भएको खबर छैन ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, ०१ फागुन २०७७, ०८ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भूकम्पको एक दशक: भत्किएका संरचना पुनर्निर्माणको प्रतीक्षामा
कास्कीको मिजुरेडाँडा आसपासमा भूकम्पको धक्का
इन्डोनेसियामा ७.४ म्याग्निच्युडको भूकम्प, जनधनमा क्षति
इन्डोनेसियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी
मुगुमा ४ म्याग्निच्युडको भूकम्प
दार्चुलामा भूकम्पको धक्का