दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाका विदेशमन्त्रीबीच फोन वार्ता भएको बताइएको छ । उनिहरु बीच शुक्रबार भएको फोनवार्तामा कोरियाली प्रायद्वीपका बारेमा कुराकानी भएको बताइएको हो ।दक्षिण कोरियाका विदेशमन्त्री चुङ इयुङ र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनबीचमा सो कुराकानी भएको हो ।
उनिहरु बीच कोरियाली प्रायद्वीपका साथै अमेरिका र कोरियाबीचको आपसी सहयोग र समझदारीका बारेमा कुराकानी भएको बताइएको हो ।यसका साथै अरु पनि क्षेत्री र अन्तर्राष्ट्रिय विषयहरुमा कुराकानी भएको समाचारमा जनाइएको हो । उनिहरुका बीचमा आगामी दिनमा कोरियाली प्रायद्वीपमा निसस्त्रीकरण गर्ने विषयमा पनि कुराकानी भएको थियो ।
उनिहरुले उत्तर कोरियाको विषयमा फोनमा कुराकानी गरेका थिए। उत्तर कोरियालाई आगामी दिनमा कोरियालाई निसस्त्रीकरण के कसरी गर्न सकिन्छ भन्ने बरेमा पनि त्यस अवसरमा कुराकानी भएको समाचारमा जनाइएको छ ।
यसका साथै उनिहरु आगामी केही समयमा नै भेटेर द्विपक्षीय वार्ता गर्ने सहमति गरेका छन् । उनिहरुले आगामी दिनमा जतिसक्दो चाँडो नै द्विपक्षीय वार्ता गर्ने बताएका छन् । [रासस÷सिन्ह्वा]
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, ३० माघ २०७७, १६ : ४०
लेखकबाट थप