झाँक्रीलाई विनासर्त रिहा नगरे आन्दोलन गर्ने युवा संघको चेतावनी

सफल खबर संवाददाता

विहीबार, २९ माघ २०७७, १५ : २७
झाँक्रीलाई विनासर्त रिहा नगरे आन्दोलन गर्ने युवा संघको चेतावनी

काठमाडौँ । प्रचण्ड माधव समूहको राष्ट्रिय युवा संघ नेपालले नेतृ रामकुमारी झाँक्रीको विनासर्त रिहाइ नगरे देशव्यापी रुपमा आन्दोलन गर्ने चेतावनी दिएको छ । 

युवा संघका संयोजक रामप्रसाद सापकोटा ‘दीपशीखा’ले विज्ञप्ति जारी गर्दै सरकारलाई यस्तो चेतावनी दिएका हुन् । ‘कमरेड रामकुमारी झाँक्रीको गिरफ्तारी निरंकुश काम चलाउ सरकारको हतास मानसिकताको उपज हो ।

झाँक्रीलाई विनासर्त तत्काल रिहाइ नगरे राष्ट्रिय युवा संघ नेपालले देशव्यापी रुपमा विरोधको आँधी वेहरी सिर्जना गर्ने चेतावनी समेत दिन चाहान्छौ’, युवासंघले विज्ञप्तिमार्फत भनेको छ । साथै उक्त आन्दोलनबाट हुने सवै क्षतिको जिम्मेवार सरकार हुनुपर्ने युवासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस