गुल्मी । पर्यटकीय राजधानी पोखराबाट डाँडैडाँडा पर्वतको सेतीवेणी हुँदै अर्को पर्यटकीय गन्तव्य गुल्मीको रिडीसम्म पुग्ने पोखरा–सेतीवेणी–रिडी वैकल्पिक राजमार्गको कालोपत्रेको काम शुरु भएको छ ।
वैकिल्पक राष्ट्रिय सडकका रूपमा निर्माण शुरु गरिएको नमूना सडकको पर्वतको महाशिला गाउँपालिका–५ मिलनचोकदेखि भोक्सिङ हुँदै सुभद्रीखर्क खण्डमा कालोपत्रे शुरु भएको हो । सडक कालोपत्रे गर्ने कामको यसका परिकल्पनाकार तथा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शिलान्यास गर्नुभयो । यो सडकको एक भागमा साइकल लेन हुनेछ भने अर्को भागमा फुटपाथ बनाउने गरी डिपिआर तयार गरिएको छ ।
पोखराबाट उत्कृष्ट पर्यटकीय गन्तव्यमा परेका पर्वतका पञ्चासे, महाशिला, सेतीवेणी हुँदै गुल्मीको पर्यटकीय क्षेत्र रिडीसम्मको ८० किलोमिटर लामो सडक निर्माण शुरु गरिएको हो । सडकको अधिकांश भागमा ट्र्याक ओपनसमेत भइसकेका कारण यसको स्तरोन्नति र कालोपत्रे गर्ने काम शुरु भएपछि डाँडैडाँडा सेतीवेणीदेखि पोखरासम्म पक्की सडकमा पुग्ने पर्वतवासीको चाहनाले मूर्तरूप लिने भएको छ । सङ्घीय सरकारले यस वर्ष उक्त सडकका लागि रु तीन करोड विनियोजन गरेको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, २९ माघ २०७७, ०९ : ५३
लेखकबाट थप