काठमाडौं । हिमनदी विस्फोट पछिको बाढीले एनटीपीसी जलविद्युत् परियोजनाका दुईवटा सुरुङ हिलो र ढुंगाले भरिएका थिए । किरण विश्वकर्मा भारतको उत्तराखण्ड राज्यस्थित उक्त परियोजनाको निर्माणाधीन सुरुङबाट आइतबार जीवितै उद्धार गरिएका चार नेपाली मध्येका एक हुन् ।
प्यूठान गौमुखी–३ का उनी सुरुङभित्र वेल्डिङको काम गर्थे । परियोजनामा २५ नेपाली कार्यरत रहे पनि बिदाको दिन भएकाले बाढी आउँदा सुरुङभित्र चार नेपाली मात्र थिए । २५ जना सबै प्यूठानका हुन् । ज्यान जोगाउन सबै भागे पनि विष्णु मल्ल अझै सम्पर्कमा नआएको उद्धार गरिएका नेपाली कामदारले बताए । आयोजनाको सानो सुरुङमा फसेका चार नेपाली र अन्य ८ भारतीयलाई आइतबार साँझ इन्डो–तिब्बत बोर्डर पुलिस आईटीबीपी०को टोलीले उद्धार गरेको थियो ।
बाढीले तपोवनस्थित ऋषिगंगा र एनटीपीसी परियोजनामा बढी क्षति पुर्याएको छ । ३४ जनाको मृत्यु पुष्टि भइसकेको छ । बेपत्ता १७० जनामध्ये ११ जना नेपाली रहेको चमोली जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।कान्तिपुरमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, २९ माघ २०७७, ०८ : २७
लेखकबाट थप