स्थायी राजधानीमा प्रदेशसभा सञ्चालनका लागि पहल

पत्रपत्रिकाबाट

विहीबार, २९ माघ २०७७, ०७ : ४२
स्थायी राजधानीमा प्रदेशसभा सञ्चालनका लागि पहल

दाङ । स्थायी राजधानीको डिपिआर सुरु गरेको लुम्बिनी प्रदेश सरकारले प्रदेशसभा सञ्चालनका लागि आवश्यक पहल थालेको छ। केही दिनअघि मात्रै प्रदेश सरकारले स्थायी राजधानी तोकिएको राप्ती गाउँपालिकामा प्रदेश पूर्वाधार विकास प्राधिकरणको कार्यालय स्थापना गरेर स्थायी राजधानीको मोडल तयार पार्न डिपिआरको काम सुरु गरिसकेको छ। यसअघि अस्थायी मुकाम बुटवलमा रहेको यो कार्यालय स्थायी राधजानीमा स्थानान्तरण गरिएको हो।  

स्थायी राजधानीको डिपिआर सुरु गरिसकेको सरकारले राप्ती गाउँपालिकामा रहेको राप्ती प्राविधिक शिक्षालयको स्वामित्व लिन प्रक्रिया सुरु गरिसकेको छ। यो प्राविधिक शिक्षालयलाई खाली गरेर यसको स्वामित्व आफूमा निहित राख्नका लागि प्रकृया अगाडि बढाइसकेको प्रदेश सरकारका प्रवक्ता तथा भौतिक योजना तथा पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले जानकारी दिए।

उनका अनुसार यो प्राविधिक शिक्षालयलाई गढवा गाउँपालिकामा रहेको सरस्वती माविमा स्थानान्तरण गर्नेगरी प्रक्रिया अगाडि बढाइएको हो। प्रदेश सरकारले यसका लागि संघीय सरकारसमक्ष माग गरिसकेको छ। नागरिक दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस