काठमाडौँ । काठमाडौँमा एउटा आपराधिक समूहले एक किलो नक्कली सुन दिएर ५० लाख ठगी गरेको छ ।
उक्त समूहले काठमाडौँको ताहाचल बस्ने एक व्यक्तिलाई सुन जस्तो देखिने एक किलो पहेंलो धातुलाई सक्कली सुन हो भन्दै ५५ लाख रुपैयाँ ठगी गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
महाशाखाको टोलीले ठगी गरेको आरोपमा छ जनालाई पक्राउ गरी आवश्यक अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौँलाई बुझाएको छ ।
पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका– १६ बस्ने काभ्रेका ३२ वर्षीय सन्तबहादुर लामा, काठमाडौँ तार्केश्वर नगरपालिका– ५ शान्तिटोल बस्ने नुवाकोटका ४५ वर्षीय ऋषमान घले, मेख तामाङ, जेरी तामाङ, राज तामाङ र काठमाडौँ महानगरपालिका ताहाचल बस्ने झापाका अभयकुमार चौधरी रहेका छन् ।
यही माघ ११ गते उक्त सुन जस्तो देखिने एक किलो पहेंलो धातु सक्कली सुन हो भन्दै उक्त ठगी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय अपराध महाशाखा मीनभवनबाट खटिएको प्रहरीले उनीहरुलाई उपत्यकाको विभिन्न स्थानबाट पक्राउ गरेको थियो ।
उनीहरुको साथबाट प्रहरीले रु नौ लाख ५० हजार नगदसहित ठगी गरेको रकमबाट खरीद गरेको मोटरसाइकल र पाँच वटा मोबाइल बरामद गरेको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, २८ माघ २०७७, २० : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्लोभाकिया र सर्बिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ
कुवेत पठाइदिन्छु भनी ठगी गरेको आरोपमा एकजना पक्राउ
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ३६ लाख ठगी, दुई जना पक्राउ
विदेश पठाइदिने भन्दै ५८ लाख ठगी गर्ने दुई जना पक्राउ
क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
युके र लिथुआनिया पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ