चक्कु देखाउँदै १५ वर्षीया किशोरीलाई युवकले पुर्‍याए होटलमा

पत्रपत्रिकाबाट

बुधबार, २८ माघ २०७७, ०८ : १७
चक्कु देखाउँदै १५ वर्षीया किशोरीलाई युवकले पुर्‍याए होटलमा

नेपालगन्ज । विद्यालयबाट फर्कँदै गरेकी एक १५ वर्षीया छात्रामाथि बाँकेमा बलात्कार प्रयास भएको छ । नेपालगन्ज उपमहानगरपालिको एक सामूदायिक विद्यालयको कक्षा ९ मा अध्ययनरत छात्रालाई एक् युवकले होटलमा लगेर बलात्कार प्रयास गरेको छ । 

आफूसँग नगए चक्कु देखाएर मार्ने धम्की दिँदै नेपालगन्ज बसपार्कस्थित एक होटलमा लगेर छोरीलाई बलात्कारको प्रयास गरेको पीडित परिवारले जनाएको छ । 

आफन्तका अनुसार किशोरीको मुख, ओठ, घाँटीमा जुत्ता र मुड्की प्रहार गरिएकाले घटना भएको ४ दिनसम्म पनि मुखमा जुत्ताको डाम थियो । ‘डोरीले घाँटी कसेर, नाक, कान र मुखबाट रगत आएपछिअचेत अवस्थामा पर्यो भनेर केटा भागेको रहेछ’, ती आफन्तले भने ।

घटना १६ माघ दिउँसोको हो । ३ दिनपछि छात्राकी आमले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएपछि मात्रै ढिलागरी घटना बाहिर आएको हो । अभियुक्त फरार रहेकाले खोजी भइरहेको प्रहरीको भनाइ छ ।अन्नपूर्ण पोस्टमा खबर छ।

प्रतिक्रिया दिनुहोस