बेलायतमा कोरोना संक्रमणको दर घट्दै

एजेन्सी

मंगलबार, २७ माघ २०७७, ०८ : ३०
बेलायतमा कोरोना संक्रमणको दर घट्दै

बेलायतमा कोरोना संक्रमणको दर केहि दिनयता लागातार ओरालो लाग्दै गएको छ । कोरोना संक्रमित र मृतक संख्यामा पछिल्ला दिनमा एक महिना यताकै कमी भएको हो ।

पछिल्लो २४ घन्टामा थप ३३३ जनाको मृत्यु भएको छ । यससंगै बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख १२ हजार ७९८ पुगेको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले दिएको जानकारी दिएको छ।

यसैगरी पछिल्लो २४ घन्टामाभित्र थप १४ हजार १०४ जना नयां संक्रमित थपिएका छन् । नयां थपिएका संक्रमितसंगै बेलायतमा कोरोना संक्रमितको संख्या ३९ लाख ५९ हजार ७८४ पुगेको छ ।

संक्रमित संख्यामा पनि अघिल्लो दिनको तुलनमा कमी आएको हो । बेलायतमा कोरोना संक्रमण दर पछिल्लो समयमा केहि कम भएको तथ्याँकले देखाएको छ । बेलायतका अस्पतालमा भर्ना हुने कोरोना संक्रमितको संख्यामा कमी आएको स्वास्थ्य विभागको जनाएको छ ।

फेब्रुअरी ४ सम्मको तथ्याँक अनुसार बेलायतका अस्पतालमा २९ हजार ३२६ जना संक्रमितको उपचार भइरहेको छ भने तीन हजार ५०५ जना संक्रमित भेन्टिलेटरमा उपचारार्थ  छन् ।

प्रतिक्रिया दिनुहोस