नयाँ दिल्ली । भारतको उत्तराखण्डस्थित चमोली जिल्लाको धौलीगङ्गा हिम नदीमा आएको बाढीमा बेपत्ता भएका १२५ जनाभन्दा बढी व्यक्तिको अवस्था अझै अज्ञात छ ।
अहिलेसम्म नौजनाको शव फेला परेको प्रहरीलाई उद्धृत गर्दै भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।
उत्तराखण्डस्थित चमोली जिल्लामा हिमपहिरोपछि आएको बाढीले बाँध भत्काएपछि तल्लो तटीय क्षेत्रमा ठूलो बाढी पसेको अधिकारीहरूले बताएका छन् ।
कैयौँ गाउँहरूबाट मानिसहरूलाई सुरक्षित स्थलमा पठाइएको छ । बेपत्ताहरूको खोजी तथा उद्धार जारी रहेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, २६ माघ २०७७, १२ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कञ्चनपुरमा जलेको अवस्थामा शव फेला
कैलालीको जंगलमा २ जना पुरुषको शव फेला
भक्तपुरमा आफ्नै घरमा खुट्टा बाँधिएकाे अवस्थामा वृद्धाको शव भेटियो