प्रतिनिधीसभा विघटनको विरोध

विवेकशीलका कार्यकर्ता जुत्ता बोकेर प्रर्दशन गर्दै

सफल खबर संवाददाता

सोमबार, २६ माघ २०७७, ०९ : ५०
विवेकशीलका कार्यकर्ता जुत्ता बोकेर प्रर्दशन गर्दै

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले असम्वैधानिक रुपमा प्रतिनिधीसभा विघटन गर्ने गत पुस ५ मा गरेको सिफारिस र राष्ट्रपतिले त्यसै सिफारिसलाई आँखा चिम्लिएर लगाएको सहीछापका विरुद्ध विवकेशील पार्टीले माइतीघर मण्डलामा दिनहुँ प्रदर्शन गर्दै आईरहेको छ ।

दिनुहँ नयाँ नयाँ शैलीमा आन्दोलन गर्दै आईरहेको यो पार्टीले ओलीको प्रतिगमनका विरुद्ध आज जुत्ता हातमा लिएर प्रर्दशन गर्न लागेको छ । प्रतिगमनलाई झटारो हान्नुपर्ने र लोकतन्त्र, संविधानवादको रक्षा गर्नुपर्ने भन्दै सांकेतिक रुपमा जुत्ता हातमा लिएर विरोध प्रदर्शन गर्न लागिएको उक्त पार्टीका नेताहरुको भनाई छ । विवेकशीलले अहिले साढे १० बजे माइतीघर मण्डलामा जुत्ता बोकेर प्रर्दशन गर्न लागेको हो । 

ओलीको यो प्रतिगमनका विरुद्ध नेकपाको बहुमत पक्ष अर्थात प्रचण्ड माधव नेपाल पक्ष पनि सडक आन्दोलनमा छ । यो समुहले पर्सी माघ २८ मा काठमाडौंमा बृहत विरोध प्रर्दशन गर्ने तयारी गरिरहेको छ । काँग्रेस, जसपा लगायतका दलहरु पनि ओलीगमनका विरुद्ध निरन्तर आन्दोलनमा छन् । 

प्रधानमन्त्री ओली र उनको समुह बाहेकका सबै पक्ष, राजनीतिक दलले प्रतिनिधीसभा विघटन गर्ने अधिकार प्रधानमन्त्रीमा नरहेको र प्रधानमन्त्रीले जर्बजस्त विघटनको निर्णय असम्वैधनिक रुपमा लिएको भन्दै विरोधमा छन् ।

त्यसमाथी ओलीले संसदको संसदीय सुनुवाईको प्रक्रिया नै नथाली सम्वैधानिक अंगका पदाधिकारी नियुक्ति गरेको विषय पनि अहिले विवादमा छ । यी सबै श्रृंखलाबद्ध असम्वैधानिक कदमका विरुद्ध खबरदारी गर्न जुत्ता सहितको प्रर्दशन गर्ने तयारी गरिएको विवेकशील दलले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस