भारतको उत्तराखण्डमा हिमताल विष्फोट, १५० मजदूर बेपत्ता

एजेन्सी

आइतबार, २५ माघ २०७७, १५ : २१
भारतको उत्तराखण्डमा हिमताल विष्फोट, १५० मजदूर बेपत्ता

एजेन्सी । भारतको उत्तराखण्डमा हिमताल (बारिएर बसेको हिमनदी) विष्फोट भएको छ । उत्तराखण्डको चमोली जिल्लामा हिमताल फुटेको हो । हिमताल फुटेलगत्तै नदी तटीय क्षेत्रमा जोखिम बढेको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् ।

हिमताल फुटेपछि नदी तटमा रहेको रिषीगंगा हाइड्रोपावरमा निकै ठूलो क्षति भएको अनुमान गरिएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार हाइड्रोपावरमा काम गर्ने १५० भन्दा बढी मजदूरहरु बेपत्ता भएका छन् ।

घटनास्थलमा उत्तराखण्डका मुख्यमन्त्री त्रिदेव सिंह रावत घटनास्थलतर्फ जाँदैछन् । मुख्यमन्त्री सिंहले उद्दारका लागि जिल्ला प्रशासन कार्यालय, प्रहरी विभाग र विपत व्यवथापन कार्यालहरुलाई तत्काल खट्न आदेश दिइएको बताएका छन् । घटनाको अन्य विवरण आउन बाँकी छ । 
 

प्रतिक्रिया दिनुहोस