रानी तलाउ पुनःनिर्माण शुरु

बुधबार, ०७ चैत्र २०७४, ०७ : ०३

नेपालगञ्ज । वर्षौंैदेखि जीर्ण नेपालगञ्ज वडा नं ८ स्थित ऐतिहासिक रानी तलाउको मंगलबारदेखि पुनःनिर्माण शुरु गरिएको छ ।

करीब डेढ दशकदेखि उपयोगविहीन रानीतलाउ पुनःनिर्माणको उपमहानगरपालिकाका प्रमुख डा धवलशम्शेर राणाले यहाँ शुभारम्भ गर्नुभयो । उपमहानगरपालिकाको रु २२ लाख ७८ हजार लागतमा पन्त कन्स्ट्रक्सनमार्फत आगामी असार १५ सम्म पुनःनिर्माण सक्ने गरी सम्झौता गरिएको छ ।

तलाउको माटो सम्याउने, पर्खाल, क्यान्टिन निर्माण र मर्मत गरिने, दक्षिणतर्फ तीन साना भवन बनाइनाका साथै डिप बोरिङमार्फत नियमित पानीको व्यवस्था गरेर डुंगा सञ्चालनको व्यवस्था गरिने बताइएको छ ।  (रासस)

प्रतिक्रिया दिनुहोस